logo
Cinque Terre

नमस्कार !

सँस्थाको सम्बन्धमा
सम्पुर्ण सँखुवासभाली तमु (गुरुङ) हरुको प्रतिनिधिमुलक सँस्था "सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" को बिजारोपण अनौपचारिक भेटघाटबाट सुरु भएको हो जुन भेटघाट बेलायत स्थित फार्नबोरो भन्ने ठाउँमा भएको थियो । गोर्खालिहरुको बेलायत स्थानन्तरण् पछि हामी पहिलो पुस्ताका अभिभावकहरुको दायित्वको सवालमा हामीले कसरी र के आधारहरु तय गरि दिने जस्ले हाम्रो परम्परा अनि गौरवलाई भबिश्यम

Continue reading

अध्यक्षको तर्फबाट शुभकामना

धेरै पहीले देखि बेलायतमा नेपालीहरुको प्रवेश भएको ईतिहास पाईन्छ । सुरुमा नेपालीहरु गोर्खा भर्तीको रूपमा बेलायती सैनिकमा भर्ती भए । बिस्तारै बिस्तारै रोजगारी ब्यापार ब्यबसाय र अध्ययनको सिलसिलामा प्रवेश गर्न थाले भने पछिल्लो समयमा गोर्खा सैनिकका सन्तानहरु भारी सँख्यामा बेलायत प्रवेश गरेको पाईन्छ । यसरी नेपालीहरुको प्रवेश सँगसँगै सँखुवासभालीहरुको पनि प्रवेश भएको पाईन्छ । संख्यात्मक रूपमा करिब ३००० को हाराहारीमा रहेका संखुवासभालीहरु मध्ये करिब एक हजार देखि १२०० को संख्यामा यहाँ तमु (गुरुङ)हरु बसोबास गर्छन्। आफ्नो भाषा, धर्म, सँस्कृतीलाई बिदेशी भुमिमा पनि संरक्षण र सम्बर्द्धनका साथसाथै बिकास र बिस्तार गर्न सन् २०१० मा "संखुवासभा तमु समाज बेलायत" औपचारिक रूपमा स्थापना गरिएको हो । जस्का संथापक अध्यक्ष श्री चक्र बहादुर गुरुङ हुनुहुन्छ । त्यस पश्चात् श्री गोकर्ण गुरुङले दुई कार्यकाल नेतृत्व गर्नु भयो । बिधानत हरेक ३ वर्षमा समाजको अधिबेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरिने प्रणाली अनुसार अहिलेसम्म ३ वटा अधिबेशन सप्पन्न गरी सँस्था अनेक आरोह अबरोहरुलाई पार गर्दै दशौँ अघि बढिरहेको छ ।

Sastsuk

यो एक दशक (दस वर्ष) को दौरानमा सन् २०१८ जुलाई १४ ,Feltham KTM Box Pub मा सम्पन्न सँस्थाको ऐतिहासिक चौँथो अधिबेशनले सर्वसम्मत रूपमा मलाई "संखुवासभा तमु समाज बेलायत"को अध्यक्ष जस्तो गरिमामय पदमा चयन गरेर सम्पुर्ण संखुवासभाली तमुहरुको मान, ईज्जत र प्रतिष्ठालाई उँचो बनाउने अभिभारा सुम्पियो तथापि औपचारिक रूपमा सँस्थाको सम्पुर्ण कागजात र हिसाब किताब अघिल्लो कार्यसमिति बाट फेब्रुअरी १६ २०१९ मा मात्रै लिएको जानकारी गराउँदछु । तसर्थ त्यो जिम्मेवारी सुम्पनु भएकोमा म र मेरो नेतृत्वमा रहेको कार्यसमितिको तर्फबाट सम्पुर्ण जिल्लावासी तमु साथै हाम्रा शुभेच्छुक शुभचिन्तकहरु प्रति धेरै धेरै आभार प्रकट गर्न चाहन्छु । मेरो नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले गरेको मुख्य मुख्य कार्यहरूलाई सँक्षेपमा चर्चा गर्न चाहन्छु जुन निम्नानुसार छन् ।


१) वेबसाईट निर्माण :
सूचना र प्रबिधिको युगमा सँस्थाको क्रियाकलाप या गतिविधिहरु प्रचारात्मक ढंगले जिल्लावासीहरु र सबैको माझमा पुर्याउने र सँस्थाको हरेक कुरालाई लिखित अभिलेखको रूपमा राख्ने उदेश्यले यो वेबसाईटको निर्माण गरियो ।
२) आजिवन सदस्यता बितरण:
बिधानमा उल्लेखित आजिवन सदस्यता बितरण गरेर विशेष गरी सँस्थाको आर्थिक कोष वृद्धि गर्ने उदेश्यले जिल्लावासी तमुहरुलाई यो सदस्यता बितरण गर्ने कार्य युद्ध स्तरमा बितरण गर्ने काम गरियो जस अनुसार हालसम्म सदस्यहरु बनाउन सफल भएका छौं ।
३) बिधान अनुवाद :
सँस्थालाई सहि बाटोमा निर्देशन/ डोर्याउने निति नियमको सँगालो बिधानलाई सबैले सरल र सहज रूपमा बुझ्न सकुन भन्ने अभिप्रायले वर्तमान कार्यसमितिले नेपाली भाषामा अनुवाद गरेका छौं ।
४) सँस्था दर्ता :-
बैधानिक रूपमा यहाँको निति नियम अनुसार सँस्था चलाउनको लागि बेलायत सरकारमा दर्ता हुन जरुरी छ । त्यसैले यहाँको सरकारी मापदण्ड अनुसार आबश्यक सम्पुर्ण कागजातहरु तयार गरी दर्ताको अन्तिम चरणमा पुगेका छ ।
५) बैंक खाता सँचालन (Lloyds bank) :
संखुवासभा तमु समाज बेलायतको मौजाद रकमलाई औपचारिक रूपमा सँस्थाको आफ्नै खाता नभईरहेकोले सन २०१९ मा Lloyds Bank मा सँस्थाको आधिकारिक बैंक खाता खोली समाजको मौजाद रकम जम्मा गरिसंचालनमा ल्याईएको छ ,आदि ।


News

असामाहिक स्वार्गराेहण

आज मिति २०७८ जेठ ५

संखुवासभा खादबारिमा इस्थाइ बसोबास गर्नु हुने हाल बेलायतको सेन्डहर्स्टमा बसोबास गरिरहेको कान्छो छोरा
हिरण्....Read More

टिप्परको ठक्करबाट स्थानीयको ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त

संखुवासभा –
संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा शुक्रबार टिप्परको ठक्करबाट स्थानीयकाे ज्यान गएपछि अरुण तेस्रोक....Read More

संखुवासभामा औंसा किराका कारण सुन्तलाकाे उत्पादन घट्यो

संखुवासभा -
संखुवासभामा यो वर्ष सुन्तलामा औंसा किरा परेपछि उत्पादन घटेकाे छ । औंसा किराका कारण सुन्तला बोटमा नपाकी झर्ने गरेको कृ....Read More

संखुवासभाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात (फाेटाे फिचर)

संखुवासभा -
संखुवासभाको उच्च हिमाली क्षेत्रहरुमा बाक्लो हिमपातसँगै जनजीवन प्रभावित भएको हो । संखुवासभाको उत्तरी क्षेत्र चीनको ....Read More

ताप्लेजुङ केन्द्रबिन्दु भएर ५‍.४ रेक्टर स्केलको भूकम्प

माघ २७, २०७७—ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३५ मिने....Read More

देशैभर हिउँदे वर्षा, उच्च क्षेत्रमा हिमपात, सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौँ —
पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी र हिमाली भागमा हिमपातसहित वर्षा भएको छ । काठमाडौं उपत्यका ....Read More

Advertisement

Upcoming Events

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने कुराहरु : : Date: 2021-05-02

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More

हार्दिक बधाई: Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More

विविध कार्यक्रमहरू र आर्थिक हिसाब |: Date: 2020-11-06

श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More

सूचना ! सूचना !! सूचना !!!: Date: 2020-11-06

संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More

Links