logo
Cinque Terre

संखुवासभाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात (फाेटाे फिचर)

संखुवासभा -
संखुवासभाको उच्च हिमाली क्षेत्रहरुमा बाक्लो हिमपातसँगै जनजीवन प्रभावित भएको हो । संखुवासभाको उत्तरी क्षेत्र चीनको सिमावर्ती किमाथाङ्का गाउँमा भारी हिमपात भएको हाे । सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किमि टाढा रहेको किमाथाङ्का गाउँमा गएको मंसिर अन्तिम हप्तादेखि सामान्य हिमपात हुन सुरु भए पनि शनिवारदेखि भारी हिमपात सुरु भएको हो ।
Sastsuk
केहिदिन अगाडिसम्म माथि-माथिका डाँडाहरूमा सामान्य हिउँ परे पनि अहिले तल गाउँसम्म नै भारी हिमपात भएको किमाथाङ्का प्रहरी चौकीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।
उहाँले बर्सेनि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडाहरु करिब ६ महिनासम्म हिउँ झर्ने गरे पनि अहिले तलतल गाउँसम्म नै बाक्लो हिमपात भएको बताउनुभयो । ‘अहिले किमाथाङ्का प्रहरी चौकी र तल गाउँसम्म करिब ३ फिटभन्दा बढी हिउँ जमेको छ । घर बाहिर आवतजावत गर्न नै मुस्किल छ ’ प्रहरी निरीक्षक राईले भन्नुभयो । पटक/पटकका हिमपातका कारण लेकाली भेगमा बस्नेहरुकाे जनजीवन नै कष्टकर बनेको भोटखोला गाउँपालिका-१ किमाथाङ्काका वडाअध्यक्ष तेन्छेबी भोटेले बताउनुभयो । उहाँले हिमपातका कारण घरबाहिर निस्कन मुस्किल भइरहेको बताउनुभयो ।
‘चिसो र हिमपातका कारण घरभित्र नै आगो ताप्दै बस्नुबाहेक केही काम छैन् । चिसो र हिमपातले वयस्क जवानहरुभन्दा पनि बालबालिका र वृद्धवृद्धाहरुलाई निकै समस्या परेको छ ’वडाध्यक्ष भोटेले भन्नुभयो। संखुवासभाका अन्य ठाउँहरुमा समेत बाक्लो हिमपात भएको छ । सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा समेत चिसो ह्वात्तै बढेको छ । त्यसैगरी हटिया, चेपुवा, हुङहुङ र मकालु गाउँपालिकाको मांसिमा, सेदुवालगायतका ठाउँहरुमा सामान्य हिमपात र तुषारोका साथै चिसो ह्वात्तै बढेको स्थानीयहरुले बताएका छन् ।
Sastsuk
त्यसैगरी संखुवासभाको दक्षिणी भेगमा रहेकाे टुटेदेउराली, गुफापोखरी, चौकी, मंगलबारेलगायतका तिनजुरे–मिल्के–जलजले (टिमएमजे) क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । त्यसका साथै सिलिचोङ गाउँपालिकाको सिसुवाटार, मानेटारलगायतका अग्लो भूभागमा समेत चिसो ह्वात्तै बढेको जनाएको छ । कोरोना भाइरसका कारण चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका चीन सरकारले पूर्णरुपमा नाका बन्द गरेको छ । गएको माघ ५ गतेदेखि बन्द भएको नाका अहिलेसम्म खुलाएको छैन् । किमाथाङ्का नाका बन्द गरेको कारणले आवतजावत ठप्प छ ।

अन्तिम अपडेट: माघ २७, २०७७
नवीन गुरुङ

Advertisement

Upcoming Events

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने कुराहरु : : Date: 2021-05-02

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More

हार्दिक बधाई: Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More

विविध कार्यक्रमहरू र आर्थिक हिसाब |: Date: 2020-11-06

श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More

सूचना ! सूचना !! सूचना !!!: Date: 2020-11-06

संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More

Links