logo
Cinque Terre

संस्थापक समितीका तर्फबाट


सँयुक्त राज्य बेलायत सरकार र तीनका सैन्यबल द्वारा हामी गोर्खालीहरु माथि लगभग दुई शताब्दी गरिएको अन्याय, आसमानता र भेतभाव पश्चात समान हक र अधिकार प्राप्तिको निम्ति हाम्रो सँघर्ष नेपालमा स्वतन्त्रको उदयमान सङ्गसङ्गै सन १९८९ (२०४६ साल) मा सुरु भयो ।
ति हाम्रा हकअधिकारहरु प्राप्त गर्न कानुनी र नैतिक लडाईँ लड्ने क्रममा नेपाल सरकारले हाम्रो सरोकार प्रति अरुचि देखाएको कारणले पनि दशकौँ समय लाग्यो । सम्पुर्ण कानुनी लडाईँहरु पश्चात् पनि गोर्खालीहरु माथिको भेदभावको बारेमा सम्बोधन गर्न बेलायत सरकारले अस्विकार गरिनै रह्यो र अन्त्यमा सन् २००४ सेप्टेम्बर महिनामा बेलायत सरकारले हामी गोर्खालीहरुले स्थायी रूपले बेलायतमा बसोबास गर्न पाउने अधिकारको बारेमा घोषणा गर्न बाध्य भयो ।
त्यो घोषणाले गोर्खालीहरुको निम्ति एउटा बाटो त खोलियो तर त्यहाँ विभिन्न बाध्यात्मककारी निति नियमहरु राखे जस्तै :- एक जुलाई १९९७ भन्दा अगाडी निब्रित्तहरु योग्य नहुने जस्ता अश्विकार्य शर्त राखिएको हुँदा हाम्रो लडाईं अनावरत अगाडि बढाउन वाध्य बनाइयो, फलस्वरुप: दुई वा त्यो भन्दा बढी घोषणाहरु सन् २००७ र सन् २००९ मा हुन गयो। जस अनुसार सन १९४८ देखि सन् १९९७ जुलाई १ तारीख समय सिमा भित्र कम्तीमा ४ वर्ष नोकरी गरेकाहरु, उनिहरुको परिवार (नाबालक छोरा छोरी) सहित बेलायतमा बसोबास गर्न योग्य ठहरिने छ । परिणाम: जेष्ठ अभिभावकहरु आफ्ना बयस्क सन्तानहरु सँगको दु:खदायी बिछोडमा लगातार पिल्सिरहनु पर्यो।

Sastsuk

दशकौं सँघर्षको फलस्वरुप; अन्य गोर्खाली परिवारहरु सङ्गै, सानो सँख्यामा बेलायति सैन्यबाट अवकास प्राप्त सँखुवासभाली तमु (गुरुङ) हरु पनि बेलायत स्थानान्तरण हुँदै विभिन्न भागहरुमा छरीएर बसे र सँख्या निरन्तर वृद्धि भैरहेको छ । यो हाम्रो समुदायको नैतिक बिजय त हो तर यस्ले हाम्रो भावी सन्ततिहरुले नेपाली/गुरुङ सँस्कृती,परम्परा र सम्पदालाई बिर्सदै जाने प्रबल सम्भावना निम्त्याएको छ । यी सबै लोप नभै, पुश्तान्तरण हुँदै जाने र बेलायती जीवनसैली बिच सन्तुलन कायम राख्ने बातावणको जग बसाउन हामी पहिलो अबिभावकहरुको अबिभारा थियो । यस्तै अन्तर सम्बन्धको कारण सम्पुर्ण सँखुवासभाली तमु (गुरुङ) समुदायको परिकल्पना गरियो ।
सन २००९ मा बेलायत स्थित फर्नबोरोबाट यसको सुरुवात भयो जस्मा:
1: कृष्ण गुरुङ
2:सुरेश गुरुङ
3:हेम गुरुङ
4:कुमार गुरुङ

थिए साथै अन्य केही तेस्तै सोचका मित्रहरुका साथ यस सँस्थालाई जन्माउने कार्यको निम्ति बिजको रूपमा काम गरेका थिए । सन २००९ शनिबार २६ जुलाईका दिन एउटा अनौपचारिक बैठकको निम्ति निमन्त्रणा गरिएको थियो । त्यो दिनको भेटघाटबाट गरिएको परिकल्पनाले "आजको दिन" सँभव भएको हो । त्यो कार्य एउटा कल्पना भन्दा बाहिरको कुरा थियो जस्मा :
बिरेन गुरुङ /उमा गुरुङ, जय गुरुङ /गिता गुरुङ, देबिभक्त गुरुङ /पबित्रा गुरुङ, टीका गुरुङ / मनिका गुरुङ, भोलामान/लीला गुरुङ, तिल कुमारी गुरुङ , देवी गुरुङ, कृति गुरुङ र लीला देबि गुरुङहरु जो ४५ जना भन्दा बढी ब्यक्तिहरुको लागि स्थान र खानाको प्रबन्ध गर्नको निम्ति सम्लग्न थिए । उहाँहरु प्रति धेरै धेरै आभारी छौं । त्यो दिनको उत्साह,उमँग र समर्थनले हामीलाई यस्तो उर्जा मिल्यो कि हामी औपचारिक रूपमा सँस्था स्थापना गर्न पुग्यौं र समाजको उपयुक्त नामाङ्कन "सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" रहन गयो ।

Sastsuk

साँगठानिक सँरचना अनुसार सबैभन्दा पहिले तदर्थ समिति गठन गर्नुपर्ने भएकोले श्री चक्र गुरुङको सँयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो। जस्को मुख्य उदेश्य हरेक सँखुवासभाली तमु (गुरुङ) हरु समक्ष पुग्नु थियो । त्यो प्रयास सबै जिल्लावासी तमु (गुरुङ) हरुलाई एउटै छाता मुनी गोलबन्द गर्दै हाम्रो परम्परा र सँस्कृतीलाई जिवन्त राख्नु मात्र नभई सम्पुर्ण जिल्लावासी तमु (गुरुङ) हरुलाई दुख र कठिन परिस्थितिमा आर्थिक, सामाजिक एबम अन्य सहयोगहरु गर्नु थियो । आज हामी बेलायत स्थित विभिन्न ठाउँहरुमा छरिएर रहेता पनि एउटै छातामुनी एकत्रित भएर बसेका छौ र सँखुवासभाली तमु (गुरुङ) हरु भनेर चिनिन्छौँ । सामाजिक सन्जालको माध्ययमबाट पनि यस कार्यलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका रहेको छ जुन प्रयास श्री चक्र गुरुङ र पदम बहादुर गुरुङको अगुवाईमा भएको थियो ।

Sastsuk

परिणाम, यस सँस्थाको ऐतिहासिक प्रथम ल्होछार कार्यक्रम १५० भन्दा बढी सँख्यामा उपस्थिति भएर सन २०१० जनवरी ४ तारीखका दिन सम्पुर्ण जिल्लावासी तमु (गुरुङ) हरु बीच एकापसमा शुभकामना आदानप्रदान गर्दै भब्यताका साथ सम्पन्न गरियो । त्यस दिन उपस्तिथत सम्पुर्ण सदस्यहरुबाट निम्न ब्यक्तिहरुलाई आधिकारिक रूपमा सँस्थाको सँस्थापक सदस्यहरुको रूपमा स्वीकार गर्यो जस्को योजना र दृष्टिले यस सँस्थाको सफलता र उन्नति प्रगतिलाई आज पर्यन्त डोर्याई रहेको छ ।
सँयोजक :- श्री चक्र गुरुङ
उप-सँयोजक :- श्री कृष्ण गुरुङ
सचिव :- श्री गोकर्ण गुरुङ
सह-सचिव :- श्री युवराज गुरुङ
कोषाध्यक्ष :- श्री सुरेश गुरुङ
सदस्यहरु:-
श्री गणेश गुरुङ -आस्फोर्ड
श्री बिरेन गुरुङ
श्री रमेश गुरुङ -डार्टफोर्ड
श्री युवराज गुरुङ
सल्लाहकारहरु:-
प्रमुख सल्लाहकार :-
श्री पदम बहादुर गुरुङ
सदस्यहरू :-
श्री जमान सिँ गुरुङ
श्री कृष्ण राज गुरुङ
श्री नैन सिँ गुरुङ
श्री धर्म राज गुरुङ

स्थापनाकाल देखि नै यो सँस्था प्रतक्ष या अप्रत्यक्ष हिसाबले ब्यक्तिगत रुपले नभएर सामुहिक रूपमा सम्पुर्ण सँखुवासभाली तमु (गुरुङ) हरुको हक हितको निम्ति अन्य नेपाली समुदायहरु भन्दा गौरवका साथ अघि बढिरहेको छ । सँस्थापकहरुको ईमान्दारीता प्रतिको दृढ बिश्वास जस्को कारण हाम्रो समाजको निरन्तर उन्नति,प्रगति र सफलता भैरहको छ । समय सापेक्ष नयाँ नयाँ बिचारहरु नयाँ नयाँ दृष्टिकोणहरु अघि बढाएर हाम्रो परम्परा,सम्पदा र सँस्कृतीलाई कायम राख्दै त्यस्को सँरक्षण र सम्बर्द्धन गर्दै समुदायको बृहत्तर हितको लागि अघि बढीरहने छ र हाम्रो चिनारीलाई पुर्ण रूपमा कायम राख्ने छ ।

Advertisement

Upcoming Events

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने कुराहरु : : Date: 2021-05-02

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More

हार्दिक बधाई: Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More

विविध कार्यक्रमहरू र आर्थिक हिसाब |: Date: 2020-11-06

श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More

सूचना ! सूचना !! सूचना !!!: Date: 2020-11-06

संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More

Links

संस्थापक समिती

Cinque Terre
President Chakra Gurung
Cinque Terre
Vice President Krishna Bdr. Gurung
Cinque Terre
Secretary Gokarna Gurung
Founder
Vice Secretary Yuvraj Gurung
Cinque Terre
Treasurer Suresh Gurung
Cinque Terre
Area Rep. Ganesh Gurung
Founder
Area Rep. Ramesh Gurung
Founder
Area Rep. Ubaraj Gurung
Founder
Area Rep. Biren Gurung

संस्थापक समिती सल्लाहकारहरू!

Founder Advisor
Padam Bdr. Gurung
Cinque Terre
Jaman Sing Gurung
Founder Advisor
Naina Sing Gurung
 Founder Advisor
Dharma Raj Gurung
 Founder Advisor
Krishna Raj Gurung