प्रस्तावना
मानवीय चहाना र आवश्यकतामा समाज विश्वव्यापीकरणमा रुपान्तित भईरहदा एउटा सानो भूगोलको रेखा भित्र मानव समुदाय सीमित रहन सम्भव देखिदैन र भूगोलको एक कुनावाट अर्को कुनामा स्तान्तरण हुने क्रम सवै तिर व्याप्त देखिन्छ ,चाहे विकशित ठूला राष्ट्र होस वा साना विकाश उन्मुख ,यस्तो यथार्ततालाई मध्य नजर गर्दै यो त्रफ्ममा विभिन्न वाटाहरु अवलम्वन गरि मातृभंमि नेपालको सँखुवा–सभा जिल्ला वाट य.ूके.मा प्रवेश गरि वैधानिक तवरले विभिन्न पेशा वा व्यावसायमा आवद्घ भई स्थायी वा अस्थाई रुपले वसोवास गरि रहनु भएका तमाम गुरुङ(तमू)वन्धुहरु विच आपसी एकता सहयोग सद्भाव एवम् सम्वन्धको उच्चतम अभिवृद्घि ध्यानमा राख्दै जाती,भाषा,धर्म,संस्कृति, पहिचानको सम्वर्धन र उत्थानमा निरन्तरताको लागि र तमाम गुरुङ वन्धुहरु,सामाजिक संघ सस्थाहरु एवम् समुदायहरु विचमा आपसी गहिरो सम्वन्ध कायम राख्ने सौहार्द पूर्णवातावरण निमार्ण गर्न वाञ्छनीय भएकोले स्थानिय प्रचलित कानुन वमोजिम सँखुवासभा
तमू समाज य.ूके. गठन गरि सँखुवासभा तमू समाज वेलायत को विधान —२०१० प्रस्तावित गरि जारि गरिएको छ ।
धारा–१ — प्रारम्भ नाम छाँप र लोगो —
(क)यो सस्थाको नाम “सँखुवा–सभा तमू समाज बेलायत” रहनेछ भने अग्रेजीमा
९क्बलपजगधब कबदजब त्बफ्ग कयअष्तथ ग्प्० रहने छ ।
(ख)प्रस्तुत विधान समाजको साधरण सभा अधिवेसनले अनुमोदन वा पारित भए
पछि मात्र लागु हुनेछ ।
(ग)यो समाजको लोगो अनुसूची—१ वमोजिम हुनेछ ।
(घ)यो समाजको छाँप अनुसूची —२ वमोजिम हुनेछ ।
धारा—२–समाजको मुख्य उदेश्यः
(क)सँखुवासभा जिल्ला सम्वन्धित यो विशाल वेलायतको भू–भागमा छरिएर
वसोवास गरि रहनु भएका तमाम गुरुङ वन्धुहरुलाई समाजको माध्यम
वाट संगठित गर्दै आपसी सहयोग सद्भाव र एकता अभिवृद्घि गर्ने ।
(ख)गुरुङ जाती वा समुदायको हितमा रचनात्मक कार्य योजनाहरु सञ्चालन गरि
आपसी निकटा वा भाईचारा सम्वन्ध वढाउने ।
(ग)गुरुङ जातीको जातीय उत्थान एकता पहिचान एवम् सम्वृद्घिको लागी सदा
प्रयासरत रहने ।
(घ)गुरुङ जातीका साथ साथै नेपाली भाषा भेष भुषा धर्म संस्कति को उत्थान
संरक्षणमा जोड दिने ।
(ङ)अन्य क्षेत्र वा जिल्लाका सवै गुरुङ वन्धुहरु एवम् संघ सस्थाहरु विच सहयोग
सम्वन्ध विस्तार गर्ने ।
धारा ३. सदस्यता ः–
संखुवासभा पुर्ख्यौली वा स्थायी स्थलबाट हाल वेलायतमा वैधानिक तवरले बसोवास
गरिरहेकावा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका सम्पूर्ण संखुवा–सभाली गुरुङ्ग
तमूहरु यस समाजको साधरण सदस्य बन्न सक्ने छन् समाजलाई पुर्याएको बिषेश
योगदान जिम्मेवारी र कार्य दक्षता अनुरुप समाजको विधानमा उल्लेखित विधि अनु–
–रुप सदस्यता को निम्नानुसार वर्गिकरण गर्न सकिनेछ ।
उपधारा
(क) सदस्यताका लागि दरखास्त पफरम भर्नु पर्नेछ । दरखास्त पफरम अनुसूची ४
वमोजिम हुने छ ।
उपधारा
(ख) कार्य समतिका सदस्यहरुद्धारा उपधारा (क) बमोजिमका दरखास्त पफरमहरुको
आवस्यक छानबीन गरी सोको स्वीकृत पश्चात सदस्यता पत्र जारी गरिने छ । सदस्यता सर्त वा योग्यता अनुसूची ४ मा उल्लेख गरिएकोछ ।
उपधारा (ग) सदस्यताको प्रकार ः–
(१)सधारण सदस्य ।
(२)आजीवन सदस्य ।
(३)संस्थापक सदस्य ।
(४)मानर्थ सदस्य ।
(५)संरक्षण सदस्य ।
सदस्यहरुको वर्गिकरण र परिभाषा अनुसूचि ५देखि ८ वमोजिम हुनेछ ।
धारा
(घ) उल्लेखित सदस्यहरुमा नम्वर ४ वाहेकका सवै सदस्यहरुले
निर्वाचनमा समान अधिकार राख्दछन् ।
उपधारा
(ङ) प्रत्येक साधारण सदस्यहरु र कार्यसमितका सदस्यहरुको मासिक सदस्यता
शुल्क कार्य समितिले निर्णय गरी तोक्न सक्ने छ ।
उपधारा
(च) संरक्षण सदस्यताको मापदण्ड अनुसूचि ७ मा उल्लेखित भए बमोजिम
हुनेछ ।
उपधारा
(छ) मानार्थ सदस्यको मापदण्ड अनुसूचि ८ वमोजिम हुनेछ ।
उपधारा (ज) सदस्यताको समाप्ति ः—
(१) मृत्यु भएमा –
(२) स्थायी रुपमा वेलायत छाडेर गएमा –
(३) स्वाच्छाले राजीनामा दिएमा –
(४) स्थानिय वा प्रचलित कानुनले अयोग्य ठहर गरेमा –
(५) तर उपधारा (घ) अनुसार प्राप्त हुन आएका राजीनामा पत्रहरुको
स्किृति अस्विकृति कार्य समितिको बैठकले निर्णय गरे बमोजिम हुनेछ
धारा ४. समाजको भेला ः–
समाजलाई गतिशिल वा चलायमान वनाई राख्न वेला वेलामा सभा सम्मेलन
भेला वोलाउनु वा गराउन आवश्यक हुन्छ ,यसको लागि निम्न गतिविधी जारी
गर्न सक्नेछ ।
(१)साधरण भेला –कार्य समितिलाई आवस्यक लागेमा वा जरुरी देखेमा साधरण सभा
वोलाउन सक्नेछ ,यसरी वोलाईएको सभाको औचित्य र आवस्यकता स्पष्ट हुन
जरुरी हुन्छ ।
(२)बार्षिक साधारणसभा
(क)प्रत्येक बर्षमा साधारण भेला बोलाइने छ ।
(ख)उत्तफ् सभाले वार्षिक प्रतिबेदन, विधान संशोधन प्रस्ताव, वार्षिक योजना प्रस्तुत
गर्ने छ ।
(ग)साधरणसभाले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ ।
(घ)समाजको प्रत्येक ३ वर्षमा भने विषेश साधारण सभा बोलाइने छ यो भेलाले
कार्य समितिको निर्वाचन गर्नेछ ।
(ङ)कार्य समितिको विघटन अघि ३—५ सदस्यीय निर्वाचन अध्यक्ष मण्डल गठन
प्रकृया पूरा गर्ने छ र सो अध्यक्ष मण्डलले निर्वाचन सम्पन्न गर्नेछ ।
धारा ५.निर्वाचन सम्वन्धमाः–
सवै सहभागी सदस्यहरुले प्रजातान्त्रिक मुल्य मान्यता अनुरुप
कार्यकारिणी प्रतिनिधि छनौट र निर्वाचनमा निम्नानुसारको समान अवसर राख्दछ ।
धारा(४) को ५ वमोजिम हुनेछः
(क) सर्वसम्मत ।
(ख) मतदान पद्घति ।
(ग) मनोनित वा ।
(घ) माथिको दुवै ।
धारा ४ को उपनियम १,२,३,४र५ कार्यान्यन निर्वाचन समितिले गर्ने छ र निर्वाचन
सम्पन्न भए पछि सपथ ग्रहण गराउनेछ,सो सपथ अनुसुची ३ वमोजिम हुनेछ।
धारा ६.कार्यसमिति उमेद्वारको योग्यताः–
(क) धारा–३ को उपधारा (क)(ख) बमोजिम सदस्यता प्राप्त गरेको हुनु पर्ने ।
(ख) उमेरको हकमा १८ बर्ष पूरा गरेको हुनु पर्ने ।
(ग) मानसिक तथा शारिरिक रुपमा स्वस्थ्य हुनु पर्ने ।
(घ) वेलायतमा वैधानिक तवरले कम्तिमा १ वर्ष बसेको हुनु पर्ने
(ङ) वेलायतको वैधानिक परिचय पत्र वा वसोवास ईजाजत प्राप्त योग्य नागरिक हुनु
पर्ने ।
(च) स्थानिय कानूनले कुनै दोषी वा सजाय ठहर नगरेको ।
धारा ७.कार्य समितीको गठनः–
उपधारा (क)वमोजिम हुनेछः
१.अध्यक्ष
२.उपाध्यक्ष –२
३.सचिव– १
४.सह–सचिब १
५.कोषाध्यक्ष – १
६.सह–कोषध्यक्ष –१
७.सदस्यहरु–सहित बढिमा १ देखि १५जनाको कार्यसमिति गठन सकिन ।
आवश्यक
लागेमा कार्यसमितिले २ जना मनोनयन गर्न सक्नेछ ।
उपधारा (ख) पदपूर्ति सम्वन्धमा – कार्यसमितिको कुनै पनि पद रित्तफ् हुन गएमा सोको
पदपुर्ति कार्य समितिले गर्नेछ ।
उपधारा (ग) कार्यसमितिको पदावधी ३ वर्षको हुनेछ
धारा ८. बैठक बस्ने सम्वन्धमाः–
उपधारा (क)नियमित बैठक कार्यसमतिको २ महिनामा एक पटक बस्ने छ ।
उपधारा (ख)सम्पुर्ण सदस्य संख्याको ५० प्रतिशतलाई गणपूरक मानिने छ ।
उपधारा (ग)बैठक संचालन बैठकको अध्यक्षता कार्यसमितिको अध्यक्षले गर्नेछ । अध्यक्ष्यको अनुस्पस्थितिमा उपाध्यक्षले गर्नेछ र उपाध्यक्ष नभएमा अध्यक्षले तोकेको
पदाधिकारीले वैठकको अध्यक्षता गर्ने छ सो को संचालन समितिको सचिबले गर्ने छ
धारा ९.समितीका पदाधिकारीहरुको काम कर्तव्य, अधिकार निम्नानुसार हुनेछ ः–
(क.) अध्यक्षको काम, कर्तव्य र अधिकारः–
१.बैठक बोलाउने ।
२.आवश्यक प्रस्ताव व कागजात पेश गर्ने गराउँने ।
३.समाजको कार्य समितिले गरेको निर्णय कार्यान्वयन गराउँने ।
४.समाजको सभा वा बैठकमा सभापतित्व गर्ने ।
५.समाजको नीति तथा कार्यक्रमसंग सम्बन्धित कामहरुको समन्वय गर्ने ।
६.आपफ् ूअनुपस्थित रहने अवस्था भएमा उपाध्यक्ष वा उपाध्यक्षको पनि
अनुपस्थतिमा अन्य पदाधिकारीहरुलाई सो बैठकको अध्यक्षताको लागि
मनोनयन गर्ने ।
७.सदस्यहरुलाई आफ्नो अधिकार र कर्तव्यको बोध गराउने ।
८.तोकिएको वा समय अनुसार अन्य कार्य गर्ने ।
ख.उपाध्यक्षको काम, कर्तव्य र अधिकारः–
१.अध्यक्षको अनुपस्थितिमा भएको समयमा कार्यवाहक भई अध्यक्षले तोके
वमोजिमको काम गर्ने ।
२.अध्यक्षकोे निर्देशन अनुसार अन्य कामहरु गर्ने ।
३.दुई उपाध्यक्षको व्यावस्थापन जेष्ठताको आधारमा हुनेछ ।
ग.सचिवको काम, कर्तव्य र अधिकारः–
१.कार्य समतिमा अध्यक्षको निर्देशन अनुसार कार्यन्वयन गर्ने ।
२.समाजको कार्यत्रफ्म वा त्रिफ्याकलापहरुको अभिलेख दुरुस्त राख्ने र कार्यान्वयन
गर्ने ।
३.सामाजको कार्य समितिको निरीक्षण र निगरानीमा त्रिफ्याशिल रहने ।
४.उजुरी चिठि पत्र वा आपत्ति आदिको छानवीन गरि सो को प्रतिबेदन
समितिको बैठकमा पेश गर्ने ।
५.समाजको दैनिक कार्य गर्ने ।
६.कार्य समितिका पदाधिकारीहरुलाई सूचना दिने ।
घ.सह–सचिवको काम, कर्तव्य र अधिकारः–
१.सचिवको अनुपस्थितिमा कार्यवाहक सचिब भै काम गर्ने ।
२.तोकिएको अन्य काम गर्ने ।
ङ.कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः–
१.समाजको आर्थिक प्रमुख भई काम गर्ने ।
२.समाजको हिसाब किताब चुस्त राख्ने ।
३.कार्य समतिका सदस्यहरुले चाहेको बखत हिसाब देखाउने ।
४.साधारण सभा हुनु अगावै लेखा परिक्षण गराई हिसाब दुरुस्त राख्ने र साधारण
सभामा पेश गर्ने ।
५.समाजको सम्पतिको संरक्षण र दायित्व वहन गर्ने ।
च.सह–कोषध्यक्षको काम, कर्तव्य र अधिकारः–
१.कोषाध्यक्षको अनुपस्थितिमा कार्यवाहक कोषाध्यक्ष भई काम गर्ने ।
२.तोकिएको अन्य काम गर्ने ।
छ.सदस्यहरुः
१.संभाव्य र रचनात्मक त्रिफ्याकलापहरुमा सत्रिफ्य भई समाजलाई सक्दो
सहयोग पुरयाउँने ।
२.प्रत्येक बैठकमा अनिवार्य उपस्थित हुने र छलपफ्लमा भाग लिने ।
३.तोकिएको अन्य काम गर्ने ।
धारा १०.अनुशासनः –
कुनै पनि संघ संगठन मर्यादित वा अनुशासित वनाउन निस्चित नियम वा सर्त जरुरी हुन्छ जसको पालना कार्य समितिका सदस्यहरुले गर्नु जरुरी हुन्छ ।कार्यसमितिको नियमित बैठकमा लगातर तीन पटक सम्म अनुपस्थित हुने पदाधिकारीहरुलाई कार्यसमतिवाट निस्कासन गर्न सकिने छ ।
धारा ११.राजीनामाः–
कार्य समितिका सदस्य तथा पदाधिकारीहरुले अध्यक्ष र अध्यक्षले कार्य समिति समक्ष
आ–आपफ्नो पदको राजीनामा दिन सक्ने छन । सो राजीनामा कार्य समितिको
बहुमतले स्वीकृत वा अस्वीकृत गर्न सक्ने छ ।
धारा १२.समाजको प्रकृयाः–
संखुवासभा तमू समाज यू के विशुद्घ समाजिक संस्था भएकोले समाज भित्र सम्पूर्ण संखवासभालीहरुलाई आ–आपफ्नो विचार वा मत राख्न स्वतन्त्र र समान अधिकार राख्दछ तर राजनैतिक विचार वा मतानुसार कुनै पनि प्रकारको गतिविधि गर्न निषेध गरिनेछ । समाज सो प्रभावबाट विल्कुलै अलग रहने छ ।
धारा १३. आर्थिक स्रोतः
(क) सामाजको आर्थिक स्रोतः–
(१).कार्य समितिका सदस्य तथा साधारण सम्पुर्ण संखुवासभाली सदस्यहरुले
मासिक वा बार्षिक रुपमा वुभफएको शुल्क र सहयोग ।
(२)समाजको विभिन्न कार्यत्रफ्म वा त्रिफ्याकलाप (देउसी भैलो च्यारेटी आदि) बाट
प्रप्त हुने चन्दा, दान तथा अन्य विविध सहयोगहरु ।
(३).समाजले गरेका गतिविधीवाट अन्य क्षेत्रवाट प्राप्त हुने अनुदान वा सहयोग ।
(ख ) पूजी तथा सम्पतिः–
समाजको नगदी तथा सम्पति कार्य समितिले तोके वा निर्णय गरे बमोजिम
बैंक प्रणाली अनुरुप सञ्चालन हुनेछ ।
उत्तफ् रकम वा सम्पति कार्य समितिको निर्णय वमोजिम खर्च गर्न सकिने छ ।
जस्तैः–
(१)आपत विपदमा वा दैवि प्रकोप परेमा ।
(२)कुनै गम्भिर रोग व्यथा लागेकालाई पनि सहयोग गर्नसक्नेछ ।
(३)समाज को कुनै पनि सदस्य मृत्यु वा दैबी घटनाहरुमा पर्न गई अङ्गभङ्ग हुन
गएमा तात्कालीनको लागी समाजको कोष बाट(सदस्य को प्रकार हेरी)सहयोग
गरिने छ । तर उत्तफ् कोषको रकम प्रत्येक गुरुङ्ग परिवार बाट बीस(घ्।२०)पाउण्ड
को हिसाब ले संकलन गरी कोषमा सोधभर्ना गरिनेछ ।
(४)समाजको सदस्य भित्र कुनै पनि सम्मान तथा शुभकामना को लागी बढीमा ४०
पाउण्ड सम्म कोष बाट खर्च गर्न सक्नेछ ।
(५)आवस्यकता हेरी अन्य कार्यमा पनि गरिने सहयोग ।
(ग) कोष संचालनः– अध्यक्ष, सचिब र कोषाध्यक्ष तीन जना मध्ये दुई
जनाको हस्ताक्षर भएको चेक मान्य हुनेछ र खर्च संचालनको संदर्भमा
कार्यसमितिले निर्णय गरे बमोजिम हुने छ ।
धारा १४.लेखा परिक्षणः–
समाजको हिसाब किताब चुस्त र व्यावस्थित राख्नको लागि रजिष्टर
लेखा परिक्षक वा संस्थावाट लेखा परिक्षण गरिछ यसरी गरिएका लेखा
परिक्षणलाई साधरण सभा वा समितिले अनुमोदन गर्नु पर्नेछ ।
धारा १५.समाजको मुख्य जिम्मेवारीः–
समाजको सम्पूर्ण जिम्मेवारी संयुत्तफ् रुपमा चालु कार्य समिति माथि रहने छ ।
धारा १६.विधान संसोधनः–
(क) आवश्यकता अनुसार यो विधान समय समयमा संशोधन गर्न सकिने छ । संशोधनको
लिखित प्रस्ताव समितिको सूचना बैठक हुनु भन्दा कम्तीमा एक हप्ता अगावै हरेक
सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने छ ।
(ख) कार्य समतिको सदस्या संख्याको २ तिहाई मतले संशोधना प्रस्ताव तयार गरी निर्णयार्थ
वार्षिक सभामा पेश गरिने छ र वार्षिक सभाले पास गरिसके पछि विधानको
संसोधन भएको मानिने छ ।
(ग) नियम उपनियममा कार्य समितिले यो विधान संग नवाभिफ्ने गरी कार्य संचालनको
लगि नियम तथा उप–नियमहरु बनाउन सक्ने छ ।
धारा १७. सल्लाकार तथा उप समिति गठन सम्वन्धमाः–
समाजलाई सुभफव तथा सल्लाह दिन एक सल्लाकार समिति गठन गर्न सकिने छ ।कार्य समितिकोबैठकमा आमन्त्रित सदस्यको हैसियतमा उपस्थित भै छलपफ्लमा भाग लिन सक्ने छन् साथै आवश्यक देखिएमा कार्य समितिले विभिन्न उप समिति गठन गर्न सकिनेछ तर कार्य समितिको वैठकमा मतदानको अधिकार भने रहुने छैन ।
अनुसूचीहरुः— समाज को यो विधानमा धारा १७ र अनुसूची ८ भित्र विभिन्न उपधाराहरु समाबेश
गरी समाज लाई निश्चित दिशा र मार्ग को लागी चाहिने निति निर्माण तयार गरिएको
छ ।
अनूसूची १. लोगो प्रतिक चिन्हः
दुइ गोलाकार घेरा भित्र समाजको नाम,दुवै भागमा लाली गुँरासको भुफ्प्पो,दाया वाया
मित्रताको प्रतिक वेलायत र नेपालको राष्ट्रिय भफ्ण्डा र तल स्थापना काल २०१०
रहनेछ । मध्य भागमा मकाल हिमालुको पृष्ठभूमिमा पद्यासनमा लिन वुद्घ र दाया वाया
तमू भेष भूषा भफ्ल्किने पहिरनमा युवा–युवतीको आकृति रहने लोगो मात्र संखुवासभा
तमू समाज यू के को प्रतिक चिन्ह हुनेछ ।
समाजको लोगो
प्रतिक चिन्हको विवरणः–
हिमालको टाकुराले संखुवासभाको मकालु हिमाल लाई जनाउँदछ जुन विश्वको पाँचौ अग्लो हिमाल पनि हो । वुद्घ तमू जातीहरुको धार्मिक आस्थाको प्रतिक र दुई मानव आकृतिले तमू जातीको भेष भुषा र पहिचान र दुई देशको भफ्ण्डाले सुमधुर सम्वन्धको प्रतिक जनाउछ ।
अनूसूची–२.समाजको छाँप ः –
दुई गोलाकार घेरा भित्र क्बलपजगधबकबदजब तबफ्ग कयअष्तथ गप समाजको नाम अंग्रेजीमा
तल्लो भागमा स्थापना काल २०१० रहनेछ छाँप हानेर मात्र वितण गर्ने)
समाज को छाप
अनुसूची ३. सपथः–
म . .. . . . . संखुवासभा तमू समाज यूकेको . . . . . पदमा निर्वाचित भई उपस्थित तमाम संखुवासभाली तमू तथा भद्रजनहरु समक्ष वुद्घलाई साक्षी राखी पवित्र मनले समाजको प्रतिष्ठा तथा गरीमा रक्षार्थ सधै तत्पर रहने ईमानदारिताको प्रतिवद्घता जाहेर गर्दै विधान अनुसार कर्तव्यनिष्ठ रहनेछु भनी मन, वचन र कर्मले यो मेरो पद तथा गोपनियताको शपथ ग्रहण गर्दछु ।
अनुसूची ४. सदस्यता दरखास्त पफरमः–
अनुसूची ४ मा धारा–३ को उपधारा(ग)बमोजिमका सदस्यहरु ले निबेदन दिन सक्नेछ
श्रीमान् अध्यक्ष ज्यू
संखुवासभा तमू समाज यूके
विषय ः सदस्यताको लागि निबेदन
म संखुवासभा तमू समाज यूकेको विधान र परिधि भित्र रही यस समाजको साधरण/ आवीवन/संरक्षण/मानार्थ सदस्य बन्न चाहन्छु । म समाजको गरिमा र ख्यातिलाई कुनै पनि आँच आउने वा पुर्याउने कुनै काम गतिविधि गर्ने छैन भनि यो पफरममा उल्लेखित सर्तहरु पढि बुभिफ् स्वीकार गरेको व्यहोरा जानकारी गर्दछु ।
नाम .................................................
जन्म मिति..................................
पासपोर्ट नं...........................................
. परिचय पत्र...................................
.
१. पुरुष २ महिला
३. विवाहित
४. अविवाहित
नेपालको ठेगानाः.............................................................................................................
यूकेको ठेगानाः ...........................................................................................................
सम्पर्क नं.ः.....................................................................
मितिः................................... निबेदकको
हस्ताक्षरः....................................................
कार्यालय प्रयोजनकोलागि मात्र
दर्ता नं............................
सदस्यता संख्या.............................
प्रमाणित गर्ने
नाम ................................
पद ...........................
मिति..............................
हस्ताक्षर.......................
निबेदकको पफेटो र समाजको अधिकारीक छाप
संखुवासभा गुरुङ्ग(तमू)समाज बेलायतका सदस्य लिन पूरा गर्न पर्ने सर्तहरुः–
१.सदस्यता लिनकोलागि १८ वर्ष उमेर पुगेको र यूकेमा रहेको संखुवसभाली हुनु पर्ने
छ ।
२.सदस्यता दिनकोलागि बहालवाला समिति नै अधिकारीक निकाय मानिने छ ।
३.सदस्यता प्रदान विधिवत रुपवाट प्रदान वा वितरण गरि सदस्यता नम्बर जारी गरिने
छ ।
४.साधरण सदस्यता जारी गरिएको मितिले दुईवर्ष मात्र मान्य वा अवधि हुनेछ ।
५.साधरण सदस्यले प्रत्येक दुई वर्ष सदस्यता नविकरण गर्नु पर्ने छ ।
६.साधरण/आजीवन सदस्यता शुल्क वर्तमान कार्यसमतिले तोके वमोजिम हुने छ ।
७.सदस्यता कार्ड हराएमा यूके पौण्ड घ्........ तिरे पछि प्राप्त गर्न सकिने छ ।
८.प्रत्येक सदस्यताहरुलाई समाजको अधिवेशनको बन्दसत्र, विविध छलपफ्ल कुनै पनि
तहका उमेद्घारीदिन वा मतदान गर्ने अधिकार हुने छ ।
९.समाजको प्रत्येक सदस्यले समाजको आचरण र अनुशासनलाई पालना गर्नु पर्ने छ
१०.प्रत्येक सदस्यलाई संखुवासभा तमू समाज यूकेले सहयोग गर्ने समयमा समाजको
सदस्यता भएको व्यत्तिफ्लाई उच्च प्राथमिकता दिनेछ ।
११.मानार्थ र संरक्षण सदस्यताहरु को लागी सदस्य शुल्क सम्बन्धमा समाजको
साधरण सभा को निर्णय अनुसार शुल्क लिईने वा नलिने निणर्य गरिनेछ ।
अनुसुची ५ साधरण सदस्य –
वैधानिक तवरले स्थायी/अस्थायीवसोवास गरिरहेका १८वर्ष पुगेको कुनै पनि सँखुवा
सभाका तमू समुदायको सदस्य साधरण सदस्य कहलिने छ यस्ता सदस्यहरुले सद–
–स्यता को लागि यू.के.पाउण्डः–घ्।१०(दश) शुल्क बुभफई आवेदन दिई सदस्य वन्न
सक्नेछन् । यसरी प्राप्त गरिएको सदस्यता पत्र तोकिएको समयमा सर्त
वमोजिम नविकरण गरिरहनु पर्नेछ ।
अनुसुची ६ आजीवन सदस्य –
साधरण सदस्यताको हैसियत पुरा गरेको जुन सुकै सदस्यले विधि सम्मत
यू.के.पाउण्डः–घ्।३००(तीन सय)शुल्क वुभफए आजीवन सदस्यता लिन सक्नेछन् ।
यस्तो सदस्यता वारम्वार नविकरण गरिरहने आबश्यक्ता रहुदैन ।
अनुसुची ७ संरक्षरण तथा संस्थापक सदस्यः
समाजमा दिर्घसेवा गरेका वा आवस्यक परेका जुनसुकै सहयोग गर्न योग्य महानु–
–भावलाई संरक्षण सदस्य वा अविभावकको रुपमा व्यावस्थापन गर्न सकिन्छ । यस्तो सदस्यको पदस्थापन साधरण सदस्य बीचबाट गरिनेछ ।
अनुसुची ८.मानार्थ सदस्य ः –
संखुवासभा तमू समाज यू.के. को दिर्घकालिन विकाश सेवामा वा निरन्तरताको क्षेत्रमा विशेष योगदान दिनुहुने जिल्ला बाहिर अन्य क्षेत्र वा जिल्लाका विशिष्ट व्यात्तिफ्त्वलाई
समाजले उपयुŒाफ् ठहर गरेमा समाज बिधिनुसार निश्चित शुल्क लगाई मानार्थ सदस्यता प्रदान गर्न सकिने छ ।
–समाप्त–
हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More
सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More
श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More
संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More