logo
Cinque Terre

नमस्कार !

सँस्थाको सम्बन्धमा
सम्पुर्ण सँखुवासभाली तमु (गुरुङ) हरुको प्रतिनिधिमुलक सँस्था "सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" को बिजारोपण अनौपचारिक भेटघाटबाट सुरु भएको हो जुन भेटघाट बेलायत स्थित फार्नबोरो भन्ने ठाउँमा भएको थियो । गोर्खालिहरुको बेलायत स्थानन्तरण् पछि हामी पहिलो पुस्ताका अभिभावकहरुको दायित्वको सवालमा हामीले कसरी र के आधारहरु तय गरि दिने जस्ले हाम्रो परम्परा अनि गौरवलाई भबिश्यमा आउने सन्ततिको निम्ति सँरक्षण गर्न मद्दत गर्दछ । अर्कोतर्फ यो महत्वपूर्ण समयलाई मध्यनजर गरेर हाम्रा सँस्कृती र हामीले अबलम्बन गरेका बाटोहरु ठिक समयमा सँस्थाको प्रगति र सफलता पुस्तान्तरण गर्नु एउटा महत्वपूर्ण पक्ष थियो जस्ले अन्तर सम्बन्धित समुदायले समाजमा भबिश्यमा हुने अनिच्छुक परिणामको रोकथाममा फरक पार्दछ ।
यी सबै सोचहरुलाई मुर्तरुप दिने प्रतिबद्धताकासाथ फार्नबोरो स्थित नमस्ते सुपरमार्केटको प्राङ्गरणमा स्थानिय साथै त्यस आसपासका साथिभाइहरु बीच अनौपचारिक रूपमा आयोजना गरिएको भेटघाट कार्यक्रममा उपस्थित महानुभावहरु सबैको बिचार र दृष्टिकोणहरु प्रस्तुत गरिएको थियो।

Sastsuk

सँख्यात्मक रूपमा धेरै साथी भाइहरुको प्रतिकृया सकारात्मक आए पश्चात् सबैजना सँस्था स्थापनाको निम्ति सँलग्न भएर के कस्तो उदेश्यका साथ अघि बढ्न सकिन्छ त्यस्को लागि पुर्ण बिश्वासका साथ प्रतिबद्ध भएर लाग्ने ध्येय सहित एउटा तदर्थ समिति गठन गरिएको थियो। सबैको ईच्छा र समर्थन मुताबिक पहिलो र ऐतिहासिक हामी तमु (गुरुङ) हरुको नयाँ वर्ष "ल्होछार" सन् २०१० को जनवरी महिनामा यस सँयुक्त राज्य बेलायतमा सँखुवासभाली तमु (गुरुङ)हरु द्वारा आयोजना गरिएको थियो। हाम्रो समुदायमा सबैलाई सम्पर्क गर्ने माध्यम/सँजाल र समय अभावको बाबजुद पनि उक्त पहिलो कार्यक्रममा पनि सँख्यात्मक हिसाबले १५० जनाको सँख्यामा उपस्थिति थियो। जस्ले हामीलाई बेलायतमा हाम्रो आफ्नै चिनारी बनाउन यहाँ रहेका धेरै नेपाली समुदायहरु माझमा उत्साहित गर्यो । तसर्थ सन् २०१० जनवरी ४ लाई "सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" को जन्म दिनको रूपमा ईतिहासले सँझी रहने छ ।
सँयुक्त राज्य बेलायतमा सँखुवासभाली तमु (गुरुङ) हरु सानो सँख्यामा भएता पनि विभिन्न ठाउँमा छरिएर बसेका छन् । तसर्थ सबैलाई एकत्रित गर्न कठिन थियो तथापि त्यस्को बाबजुद पनि समितिको ठुलो प्रयासले सबैलाई यस सँस्था भित्र आबद्ध गर्न सँभव भएको छ । सामन्यतया बेलायतमा करिब एक हजारको हाराहारीमा हामी सँखुवासभाली तमु (गुरुङ) हरुको बसोबास रहेको छ भने अवकाश प्राप्त गोर्खा सैनिकहरु, त्यस्तैगरी हङकङबाट आएका तिनका छोराछोरीहरु र नेपालबाट आएका बयस्क छोराछोरीहरुको स्थान्तरणको कारणले यो सँख्या निरन्तर बढिरहेको छ ।
यो सँस्था यस्को निति,सिद्धान्त र उदेश्यहरुबाट निर्देशित भएको कारण राजनैतिक कार्यहरूमा सँलग्न नभएर सिर्फ जिल्लावासी तमु (गुरुङ) हरुको सामाजिक प्रतिष्ठालाई उँचो बनाउने र उनीहरूको भलाईको निम्ति सदैव अघि बढ्ने हो र त्यसै अनुरुप सँस्था अघि बढी रहेको छ । त्यस्तैगरी हाम्रो जिल्लाको सँस्कृती र परम्परालाई पुस्तान्तरण गर्ने साथै सदस्यहरुको योगदानबाट आफ्ना सदस्यहरुलाई दु:खमा सँभव भए सम्म सामाजिक र आर्थिक सहायता प्रमुखताका साथ प्रदान गरिने छ र हाम्रा सदस्यहरुलाई विभिन्न अन्य नेपाली सँघ,सँगठनहरुका कार्यक्रमहरुमा अन्तरकृया, सँबाद र सहभागीताको लागि र यहीँका स्थानीय समुदाय सँग घुलमिल हुनको निम्ति पनि उत्साहित गर्ने काम गरेको छ ।
सन् २०२० जनवरीमा यो सँस्थाले १० औं वार्षिकोत्सब १३० घर परिवारबाट ३५० जना भन्दा बढीको सँख्यामा समाजका आजिवन र साधारण सदस्यहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न गर्यो । यो सँस्था निरन्तर कडा परिश्रमका साथै सबैबाट नैतिक र सामाजिक समर्थन प्रदान गर्दै सबैलाई एउटै मालामा उनेर अघि बढी रहेको छ । त्यस्तै गरी आफ्नै जिल्ला सँखुवासभामा पनि प्राकृतिक प्रकोपले पुर्याएको क्षतिमा यस समाजले आर्थिक सहायता गर्ने काम गरि रहेको छ ।

Sastsuk

यो सँस्था यस्को स्थापनाकाल देखि नै अन्य सँघसँस्थाहरु सँग समान दृष्टिकोण राखेर अघि बढिरहेकोले अन्य मित्र सँगठनहरु सबैलाई हाम्रो चाडपर्व र कार्यक्रमहरुमा जातिय हिसाबले, धार्मिक हिसाबले, लैङ्गीक आदि कुनै क्षेत्रमा विभेद नराखी सबैलाई हार्दिक स्वागत गर्दछ । यो एउटा सानो समुदायमा आधारित सँस्था भए तापनि "सँखुवासभा तमु (गुरुङ) समाज बेलायत" सगौरवका साथ आफ्नो अस्तित्वमा छ र भबिश्यमा पनि यो सँस्थाको गरिमालाई अझै बढाउँदै लैजाने सवालमा सदैव उत्साह र उमँगका साथ लागि पर्ने छ ।

Advertisement

Upcoming Events

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने कुराहरु : : Date: 2021-05-02

हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More

हार्दिक बधाई: Date: 2021-02-07

सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More

विविध कार्यक्रमहरू र आर्थिक हिसाब |: Date: 2020-11-06

श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More

सूचना ! सूचना !! सूचना !!!: Date: 2020-11-06

संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More

Links