संखुवासभा –
संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा शुक्रबार टिप्परको ठक्करबाट स्थानीयकाे ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त बनेको छ । २३ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार खड्गबहादुर राई र उहाँकी श्रीमती प्रेमकुमारी राईलाई अरुण तेस्रो जलविद्युत परियोजनाको टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट सामान्य घाइते हुनुभएका खड्गबहादुरलाई टिप्पर पछाडि गरेर किचेर मारेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी प्रेमकुमारीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ । उहाँको काठमाण्डौको चाबहिलमा रहेको हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालक काभ्रेको नवोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले क्षतिपूर्ति बिना लाश नउठाउने माग राख्दै शनिबार दोस्रो दिन पनि अरुण तेस्रो ड्यामसाइटमा आन्दोलन जारी राखेका छन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले पीडितपक्ष र अरुण तेस्रोका कर्मचारीसँग वार्ता गरेर समस्याको निकास निकालिने बताउनुभएको छ । वार्ताका लागि सदरमुकाम खाँदबारीबाट सहायक प्रजिअ मोहनमणि घिमिरे र अरुण तेस्रोका कर्मचारीकाे टोली ड्यामसाइट तर्फ गएकाे छ ।
बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना संखुवासभामा निर्माणधीन रहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने गरि काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत्त परियोजना भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ ।
अन्तिम अपडेट: फागुन २, २०७७
नवीन गुरुङ
हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More
सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More
श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More
संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More