संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
संखूवसभा तमु समाज बेलायत का सम्पूर्ण कार्यसमितिका सदस्यहरू सल्लाहकारहरू ज्यू लगायत तमू बन्दूहरूमा नमस्कार !
संखुवासभा तमू समाज बेलायत को बार्षिक रूपमा हुने गर्ने साधरण सभा आज को यो बिश्वब्यापी कोबिड-१९ को भयनक परिस्थिको कारण ले गर्दा हुन नसक्ने भएको हुनाले हाम्रो समाज ले ११ औ बार्षिक साधरण २२ जुलाई मा गर्न को लागी फेलथाम कम्यूनिटी कलेज को सानो हल मा हुने भनिएको पनि रद्घ भई सके को र २०२०/२१ तमू ल्होछार पर्ब कार्यक्रमको लागी फेलथाम कम्यूनिटि कलेज को हल अस्थायी रूपमा बूक गरेको भएता पनि हालसम्म बिश्व भरि को समस्या कोबिड-१९ को कारणले गर्दा सामाजिक दुरी कायमै राख्न पर्ने र कुनै पनि सार्बजनिक ठाउॅंमा सभा सम्मेलन हरू संचालन गर्न सरकारी स्तरीया तह बाट गर्न
नपाउने नियम लागु भएको |
यसै महिना बाट फेरी यूके गर्भमेन्ट बाट पून दोस्रो पटक लकडाउन गर्ने भएको हुनाले ,हाम्रो समाज को कार्यसमिति को निर्णय बाट यस बर्ष को तमू ल्होछार पर्ब कार्यक्रम पनि रद्घ भएको जानकारी गर्दै बुकिगं भएको हल पनि बुकिगं रद्द गरिसकेको जानकारी गर्दछौ |
समाजमा हाल सम्म भए गरेका गति बिधि कार्यक्रम बाट हुन गएको आम्दानी तथा खर्च सम्बन्धी आर्थिक प्रतिबेदन प्रस्तुत गर्न समाज को ग्रुप भाईबरमा कोष अध्यक्ष श्री मणी कुमार गुरुगं द्वारा आम्दानी खर्च विवरणको सम्पूर्ण फाईल संलग्न गरी समाज को ग्रुप भाईबर बाट प्रस्तुत गरिने छ|
यसरी भाईबर बाट प्रस्तुत भएको आम्दानी खर्च विवरणमा कंही कतै कमीकमजोरी तुरुटी भएमा यहाहरु सबैले २/४ दिन भित्र सल्लाह सुझाब पठाउन हुन हार्दिक अनुरोध गर्दछौ ।
हाल को यो विश्वब्यापी दर्दानक तथा भयनक कोबीड-१९ को समस्या को समाधन भएमा हाम्रो समाज ले बिगतका दिनहरूमा जस्तै गरी ल्याएको नियमित कार्यक्रमहरु गर्नको लागी कार्यसमिति बाट समय परिस्थिति अनुकुल हेरी बैठक आह्वन गर्ने नै छ र उक्त बैठक बाट निर्णय पारित बिषय गत प्रस्ताबित भाबी कार्यक्रमहरूलाई कार्यन्वयन गर्दै अगाडी बढ्ने अपेक्क्ष्या को साथ सम्पूर्ण संखुवासभाली तमू बन्दू हरूमा यसै सूचना मार्फत जानकारी गर्दछौ |
धन्यवाद !
संखुवासभा तमू समाज
बेलायत
हामि तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु :
१. प्ये = शास्त्र
२. छ्या = संस्कार
....Read More
सँखुवासभा तमु (गुरुङ) समाज बेलायत"को बिधानमा उल्लेखीत सदस्यताहरु मध्येको एक सदस्यता "आजिवन सदस....Read More
श्री मान अध्यक्ष ज्यू
संखुवासभा तमु समाज बेलायत का अध्यक्ष ज्यू तथा सम्पूर्ण कार्यसमितिका ....Read More
संखुवासभा तमू समाज बेलायत को यस बर्ष को सम्पूर्ण औपचारीक कार्यक्रमहरु रद्द भएको सम्बन्धमा :-
....Read More